ad ad

राजनीति


चुनाव हारेपछि ओलीलाई कमल थापाको ट्विट : तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु

चुनाव हारेपछि ओलीलाई कमल थापाको ट्विट : तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु

फाइल तस्बिर : केपी शर्मा ओली र कमल थापा


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १४:४६, काठमाडौँ

नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधि सभा सदस्य निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मत गणना नसकिँदै आफ्नो हार स्वीकार गरे।

नभन्दै मकवानपुर १ मा उनी मतका हिसाबले तेस्रो स्थानमा रहँदै हारे पनि। उक्त क्षेत्रमा प्रतिस्पर्धी कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष थापालाई पाखा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी भए। 

निर्वाचनमा विजयी सिंहले २७ हजार ८ सय १६ तथा पराजित डिना र थापाले क्रमशः २५ हजार ४ सय २३ र २५ हजार ४ सय २० मत प्राप्त गरे। 

अन्तिम नतिजा नआउँदै हार स्वीकारेर एमाले ‘कमरेड’हरूलाई धन्यवाद दिएका राप्रपा नेपालका अध्यक्ष थापाले नतिजा सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद भनेका छन्। 

साथै यस क्रममा उनले आफूले ओलीको विश्वास जोगाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन्। 

‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद’, थापाले बिहीबार दिउँसाे ट्विट गरेका छन्, ‘तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .