ad ad

राजनीति


बैतडीमा एमालेका भण्डारीको ‘ह्याट्रिक’

बैतडीमा एमालेका भण्डारीको ‘ह्याट्रिक’

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २०:४६, काठमाडौँ

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट लगातार तेस्रो पटक विजयी भएका छन्। 

नेकपा माओवादी केन्द्रका पोलिव्युरो सदस्य नरेन्द्रबहादुर कुवँरलाई १ हजार ५३१ मतले पराजित गर्दै भण्डारी तेस्रो पटक वियी भएका हुन्। 

भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कुवँरले ३२ हजार ८० मत पाएका छन्। 

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द २ हजार ५०९ मतसहित तेस्रो भएका छन्। 

भण्डारीले यसअघि २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका लोकराज अवस्थी र २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई पराजित गरेका थिए। 

यसपालि माओवादी नेता कुँवरलाई पराजित गर्दै उनले ‘ह्याट्रिक’ गरेका छन्।

बैतडी ‘क’ मा एमालेका सुरेन्द्र पाल र ‘ख’ मा कांग्रेसका शिवराज भट्ट प्रदेशसभा सदस्यमा निर्वाचति भएका छन्। 

गत आइतबार सम्पन्न मतदानमा बैतडीमा ७७ हजार ४६० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .