ad ad

राजनीति


विष्णु पौडेलको क्षेत्रमा विवाद, मतगणना रोकियो

टिपाएको भन्दा ३४ भोट बढी भेटियो
विष्णु पौडेलको क्षेत्रमा विवाद, मतगणना रोकियो

मतगणना स्थल


सुदीप भण्डारी
मंसिर ९, २०७९ शुक्रबार ८:५४, बुटवल

रुपन्देही क्षेत्र नम्बर २ को मतगणना रातीदेखी रोकिएको छ। मतपेटीकामा मुचुल्का उठाएको भन्दा बढी मतपत्र भेटिएपछि विवाद भएको हो।

लुम्बिनी वाणिज्य क्याम्पसको ड केन्द्रमा मतदान अधिकृतले टिपाएको भन्दा ३४ वटा बढी मतपत्र फेला परेपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध गरेका थिए। उनीहरु मतगणनामा सहभागी नभएपछि राति ३ बजेदेखि मतगणना रोकिएको हो।

निर्वाचन अधिकृत उद्विर नेपालीले छिट्टै छलफल गरेर गणना अघि बढाउन पहल भइरहेको बताए।

‘एउटा मतदान अधिकृतले खसेको मतभन्दा कम संख्या टिपाउनुभएछ। किन यसो भयो भनेर उहाँहरु मतगणना गर्दागर्दै उठेर हिँड्नुभयो’ उनले भने, ‘हामीले छलफलमा बोलाइरहेका छौं। छिटो गणना सुरु गर्ने प्रयासमा छौं।’

यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ। रुपन्देही २ मा गणना जारी रहँदा एमालेका उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा थोरै मतले अघि छन्।

विष्णु पौडेलले २३ हजार ७ सय ९३ मत पाउँदा गणेश पौडेलले  २२ हजार ८ सय ८७ ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .