राजनीति


सिरहा–३ (ख) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित

सिरहा–३ (ख) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ९:५१, सिरहा

सिरहा–३ (ख) मा एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित भएका छन्।

मधेश प्रदेशसभाअन्तर्गत सिरहा ३ (ख) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित भएका हुन्। 

निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरेका छन्। 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .