राजनीति


विष्णु पौडेलले अग्रता लिएपछि रुपन्देही २ मा बखेडा, फेरि मतदान गर्न माग

मतगणना अघि बढाउन आयोगको निर्देशन
विष्णु पौडेलले अग्रता लिएपछि रुपन्देही २ मा बखेडा, फेरि मतदान गर्न माग

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १६:२१, बुटवल

शुक्रबार हान ३ बजेदेखि रोकिएको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना अझै सुरु भएको छैन। 

मुचुल्का उठाएर टिपेको भन्दाबढी मतपत्र बाकसमा परेको भन्दै सत्ता गठबन्धन दल र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका हुन्। 

उनीहरु गणना रोकेर निर्वाचन अधिकृत कार्यालयको गेट अगाडि धर्ना दिइ नाराबाजी गरिरहेका छन्। 

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण पत्र लेखी पुन:मतदान गराउन माग गरेका छन्। 

लुम्बिनी वाणिज्य क्याम्पसको 'ड' केन्द्रको बढी मत पत्र फेला परेपछि विवाद भएको हो। 

मुचुल्कामा लेखिएकोभन्दा मतपत्रको संख्या फरक परे पनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या बढी नभएको निर्वाचन अधिकृत उद्विर नेपालीले बताए। 

प्रतिनिधि सभातर्फ खसेको ८१ हजार मतमध्ये अब ६ हजार जति मत गन्न बाँकी छ। 

अवरुद्ध हुनुभन्दा अघि नेकपा एमालेका विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा १ हजारको अग्रता लिएका थिए ।

गणना थाल्न निर्देशन 
यसैबीच निर्वाचन आयोगले मतगणना अघि बढाउन निर्देशन दिएको छ । 

निर्वाचन अधिकृत उद्विर नेपालीले आयोगको निर्देशन आएको बताए। उनले अहिले साढे ४ बजे दल तथा उम्मेदवारका प्रतिनिधिलाई छलफलका लागि बोलाएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .