प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा सुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) भन्दा निरन्तर पछि रहेको नेकपा माओवादी केन्द्र अहिले भने ऊभन्दा अगाडि दौडिरहेको छ।
आज दिउँसो १२ बजे पछिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको माओवादी केन्द्रले मतान्तर बढाउँदै लगेको छ। दिउँसो १२ः४५ बजेसम्म करिब १६ सय मतले मात्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा अगाडि रहेको माओवादी केन्द्र अहिले झन्डै साढे ३० हजारले अघि दौडिएको हो।
अर्थात् समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको माओवादीले यो खबर तयार पार्दासम्म ८ लाख ७५ हजार ६ सय ३८ मत ल्याएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ४५ हजार १ सय ७९ मत पाएको छ।
समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ। उसले यो खबर तयार पार्दासम्म २० लाख ३७ हजार ४ सय ८६ मत ल्याइसकेको छ भने दोस्रोमा कांग्रेस छ। कांग्रेसले अहिलेसम्म १९ लाख ६८ हजार ३८ मत पाएको आयोगले जनाएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक मत बढाइरहेको छ। अपराह्न ४ बजेसम्मको तथ्यांकमा उसले ४ लाख ४८ हजार ७ सय ९७ समानुपातिक मत पाइसकेको छ।
अन्य दलको अवस्था यस्तो छ :
जनता समाजवादी पार्टी, नेपाल
नेकपा एकीकृत समाजवादी
१८७९०७
नागरिक उन्मुक्ति पार्टी
१७५४९८
जनमत पार्टी
१७०१९३
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१०१७६९
नेपाल मजदुर किसान पार्टी
६४२३६
हाम्रो नेपाली पार्टी
४४२६९
राष्ट्रिय जनमोर्चा
४०२९३
Shares

प्रतिक्रिया