राजनीति


माओवादीका उपमहासचिव यादवलाई हराउँदै धनुषा–१ बाट जसपाका कार्की निर्वाचित

माओवादीका उपमहासचिव यादवलाई हराउँदै धनुषा–१ बाट जसपाका कार्की निर्वाचित

नेपालखबर
मंसिर १०, २०७९ शनिबार २१:५५, काठमाडौँ

धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका दीपक कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ४८ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव हुन्। 

कार्कीले २७ हजार ४३१ मत ल्याउँदायादवले २१ हजार ४८३ मत पाए।

तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत प्राप्त गरेका छन्। 

एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार थिए भने यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। 

यो क्षेत्रबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरीले ८ हजार २ सय ७३ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .