राजनीति


समानुपातिक मत : माओवादी १० लाख, राप्रपा ५ लाखको यात्रामा

समानुपातिक मत : माओवादी १० लाख, राप्रपा ५ लाखको यात्रामा

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १४:४८, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनाामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र मतसंख्या १० लाख पुर्‍याउने बाटोमा अघि बढेको छ। यो खबर तयार पार्दासम्म (दिउँसो २:३९) उसको समानुपातिक मत ९ लाख ८७ हजार ८ सय ९ पुगेको छ।

यस्तै समानुपातिकतर्फ पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख मत पुर्‍याउने बाटोमा अघि बढेको छ। अहिलेसम्म उसले ४ लाख ९७ हजार २ हजार ६ समानुपातिक मत ल्याएको छ। 

समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ। उसले अहिलेसम्म २३ लाख ७१ हजार ९६ मत ल्याएको छ। यस्तै दोस्रोमा कांग्रेसले २२ लाख ७० हजार ७ सय ९४ मत पाएको छ। माओवादीपछि चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ९ लाख ४१ हजार ६ सय ७८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .