ad ad

राजनीति


सुनसरी–४ मा आयोगको निर्देशनपछि मतगणना गरिँदै, सर्वदलीय बैठक बस्ने तयारी

सुनसरी–४ मा आयोगको निर्देशनपछि मतगणना गरिँदै, सर्वदलीय बैठक बस्ने तयारी

सुनसरी क्षेत्र नम्बर ४ को मतगणनास्थल। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ७:३, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्दै छ। मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना अघि बढाइने भएको हो। 

यहाँ मतगणनामा विवाद भएपछि स्थगित भएको थियो। यो क्षेत्र सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो। मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए। 

त्यहाँका सम्पूर्ण विवरण उल्लेख गरेर निर्वाचन आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन गरेको थियो। 

अधिकारीका अुनसार अहिलेसम्म आयोग सोमबार साँझ अबेर मतगणना सुरु गर्न पत्र पठाएको थियो। आयोग पत्र पाएपछि सर्वदलीय बैठक डाकिएको उनले बताए।

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए।

कार्कीको मागअनुसार गनेर सिलबन्दी गरिसकेको मतपत्र खोल्न नसकिने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .