ad ad

राजनीति


स्याङ्जा २ : धनराजभन्दा ४ सय ४४ मतान्तरले पद्मा अगाडि, कसको मत कति?

स्याङ्जा २ : धनराजभन्दा ४ सय ४४ मतान्तरले पद्मा अगाडि, कसको मत कति?

धनराज गुरुङ र पद्मा अर्याल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ६:२८, काठमाडौँ

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो। 

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार यहाँ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म ५ हजार ७ सय २४ मत गणना भएको छ। जसमध्ये एमाले उम्मेदवार पद्माकुमारी अर्यालले २ हजार ६ सय ४८ मत प्राप्त गरेकी छिन्। 

अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी छिन्। त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार २ सय ४ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच ४ सय ४४ को मतान्तर रहेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिक राज गुरुङले ५ सय १२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालगोपाल अर्यालले १ सय ६ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत अधिकारीका अनुसार यहाँ अहिलेसम्म १ सय ९८ मत बदर भएको छ। 

त्यहाँ मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .