राजनीति


राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि ओलीको प्रस्ताव अस्वीकार गरेँ : अध्यक्ष नेपाल

राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि ओलीको प्रस्ताव अस्वीकार गरेँ : अध्यक्ष नेपाल

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार ६:४२, कर्णाली

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। 

एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सोमबार सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणका क्रममा ओलीले राष्ट्रपतिजस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताएका हुन्। मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो। 

‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, उनले भने, ‘यसमा माओवादी केन्द्र त छँदै छ।’

जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए। 

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्त्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको उल्लेख गरे। उक्त सन्दर्भमा उनी विसं २०७५ गठन भएको नेकपा ब्यूँताउनुपर्ने कुरा आफूले राखेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad