ad ad

राजनीति


दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल

दुर्गा प्रसाईंले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै : माधव नेपाल

पत्रकार सम्मेलनमा माधव नेपाल


दिनेश बुढा
मंसिर १२, २०८० मंगलबार १०:४०, सुर्खेत

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। 

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्। 

राजतन्त्र इतिहास भइसकेको भन्दै उनले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको तर्क गरे। ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’

उनले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनीसमेत दिए।      

‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुप¥यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था ल्याउँछु भन्ने नारा लगाउनु वाहियात हो,’ उनले भने। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए।

पछिल्लो समय देशको देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्ने बताए।

‘मुलुकमा देखा परेको आर्थिक संकट र जनताले भोगिरहेका समस्या समाधानको विषय सोच्नुपर्ने बेला आएको छ’ उनले भने, ‘राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाह हुन्छ भनेर आन्दोलन गर्नु बेर्थ मात्र हो।’

यस्तै उनले तत्काल कुनै दलसँग पनि पार्टी एकता सम्भव नरहेको समेत बताए। ‘मन, विचार र सिद्धान्त मिलेपछि मात्रै पार्टी हुन्छ,’ उनले भने, ‘हामी अहिले पार्टीलाई सुदृढ गर्ने अभियानमा छौँ, तत्काल कसैसँग पार्टी एकता सम्भव छैन।’

अर्को प्रशंगमा नेता नेपालले भूकम्प पीडितको पुनस्र्थापना र पुनःर्निर्माणका सन्दर्भमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए। 

‘भूकम्प पीडितको अवस्था दयनिय छ, राहत र उद्धार प्रभावकारी भएपनि पुनस्र्थापना र पुनःर्निर्माण प्रभावकारी भएको देखिदैन,’ उनले भने, ‘सबै मिलेर भूकम्प पीडितको पुनस्र्थापना र पुर्निर्माणमा हातेमालो गर्नुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .