ad ad

राजनीति


यस्तो छ कर्णाली कृषि मन्त्रालयको प्रगति विवरण

यस्तो छ कर्णाली कृषि मन्त्रालयको प्रगति विवरण

दिनेश बुढा
माघ १४, २०८० आइतबार ९:७, सुर्खेत

कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली प्रदेशमा कृषि प्रणालीको सुधारको कारण दुई हजार भन्दा धेरै नागरिक पूर्ण स्वरोजगार बनेको दाबी गरेका छन्। आफ्नो एक वर्षे कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन्।

मन्त्री शर्माले आफ्नो १ वर्षे कार्यकाल कर्णालीको कृषि प्रणालीको सुधारमा बिताएको दाबी गरे। उनले भने, ‘जसबाट प्रदेशभर २ हजार भन्दा धेरै नागरिकलाई कृषि कर्ममा लगाई पूर्ण स्वरोजगार बनेका छन्। वास्तविक किसानको पहिचान तथा उनीहरुको हितका लागि नीतिगत सुधार गरी विभिन्न प्रोत्साहन कार्यक्रम समेत अगाडि सारेका छौँ।’

८५ हजार बढी विरुवा वितरण
कर्णाली कृषि मन्त्रालयले विभिन्न जातका ८५ हजार बढी फलफुलका विरुवा वितरण गरेको जनाएको छ। जसबाट ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। हिँउदे फलफुल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवीफल र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ विरुवा वितरण गरी करिब २ सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको मन्त्रीले शर्माले बताए।

फलफूलका विरुवा वितरणपछि ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भइ २ सय ५० जनाले १५ दिन वरावरको प्रत्यक्ष रोजगारी प्राप्त गरेका छ् भने यस कार्यक्रमबाट ३ सय जनालाई पूर्ण स्वरोजगार बनाउन सफल भएको मन्त्री शर्माको भनाइ रहेको छ।

कृषि ब्याज अनुदान कार्यक्रममार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पूँजीकृषि क्षेत्रमा परिचालन हुँदा १ हजार ३ सय ५७ जना कृषक लाभाविन्त भएका छन्। जसबाट ८ सय ५० जना पूर्ण स्वरोजगार भएका छन् भने ३ हजार ५ सय ७० जनालाई ३ महिना बराबरको आंशिक रोजगारीको सिर्जना भएको छ।

यस्तै, लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवद्र्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान र कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन कार्यक्रमहरुबाट ४ हजार ८ सय ३५ घरधुरी लाभान्वित भएका छन्। जसबाट ९ सय ४७ जना पूर्ण स्वरोजगार र ४ हजार ९६ जनालाई झण्डै ४ महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको छ।

दुग्ध प्रवद्र्धन कार्यक्रम मार्फत दुध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर ५ रुपैयाँ र हिमाली जिल्लामा प्रतिलिटर १० रुपैयाँको दरले १ करोड २७ लाख ४८ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ। 

जसबाट २३ लाख ९२ हजार ९ सय ८८ लिटर दुध संगठित बजारमा पुगी ३ हजार ५३ जनालाई ५ महिना र ४ सय १२ जनाले पूर्णरोजगारी पाएका छन्।


जग्गा भाडामा लिई खेती गर्ने कृषकलाई अनुदान
यस्तै, मन्त्रालयले सुर्खेत र रुकुम पश्चिम लगाएतका जिल्लाको विभिन्न स्थानमा जग्गा भाडामा लिई व्यवसायिक रुपमा खेती गर्ने ९७ जना कृषकलाई जग्गा भाडामा प्रतिशत अनुदान उपलब्ध गराएको जनाएको छ।

उक्त कार्यक्रमबाट थप करीव २ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरी हाल व्यवसायिक खेती गरी रहेको शर्माले बताए। बेरोजगार १ सय जना कृषि प्राविधिकहरु लाई स्वरोजगार कार्यक्रममा समावेश गराइएको छ।

७८८ योजना निर्माण, ११ सय हेक्टर क्षेत्रफलमा सिँचाई
यस्तै, गत आर्थिक वर्ष २०७९÷०८० मा साना सिंचाई तथा मर्मत सम्भार तर्फ ७ सय ८८ वटा सिंचाई योजना निर्माण सम्पन्न भई १ हजार ५० हेक्टर क्षेत्रफलमा सिंचाई सुधार हुँदा १ सय १५ हेक्टर सिंचाई सुविधा थप भएका छन्।

सिंचाई योजना निर्माण तथा मर्मत सम्भारको क्रममा १५ हजार २ सय २० जनालाई २ महिना बराबरको अस्थाई रोजगारी सृजना हुँदा १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएको शर्माले उल्लेख गरेका छन्।

गत वर्ष आएको बाढी पहिरोका कारण क्षति भएका सिंचाई संरचनाको लागि ६ करोड १३ लाख विनियोजन गरि २ सय १३ वटा सिंचाई संरचनाको मर्मत सम्भार तथा पुनःनिर्माण कार्य भई धान रोपाईमा सहज भएको शर्माले बताए। 
 
चालु आर्थिक वर्ष २०८०/०८१ मा साना सिंचाई तथा मर्मत सम्भार तर्फ ६ सय २८ वटा सिंचाई योजना मध्ये ५ सय ५ वटा सिंचाई योजनाको सम्झौता भई निर्माण कार्य सुरु भएको मन्त्रालयले जनाएको छ। खसीबोका निर्यातबाट ३ अर्ब २४ करोड भित्रियो पुँजी यस्तै, खसीबोकाहरुको निर्यातबाट ३ अर्ब २४ करोड बढी पुँजी कर्णाली प्रदेशमा भित्रिएको छ।

प्रमुख शहरहरू नेपालगञ्ज, बुटवल, दाब, पोखरा, काठमाडौं र धनगढीमा निर्यात भई करिब ३ अर्ब २४ करोड ४० लाख ३७ हजारबराबरको पुँजी भित्रिएको मन्त्रालयले जनाएको छ। प्रदेशका विभिन्न जिल्लाहरूबाट तरकारी, किबी, अदुवा, दूध २८ करोड रुपैयाँ भित्रिएको छ।

यो निर्यात गत आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधि र चालु आर्थिक वर्षको सोही अवधिको तथ्याङ्क हेर्दा ३९ करोड २३ लाख ६६ हजार बढी रहेको मन्त्रालयले जनाएको छ।

तथ्याङ्क संकलनलाई एकरुपता ल्याई व्यवस्थित बनाएर तथ्यमा आधारित नीति तथा योजना निर्माण गर्ने आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्न सफल भएको मन्त्री शर्माले दाबी गरे। उनले भने, ‘सोहीबमोजिम मन्त्रालयमातहतका कार्यालय र प्रदेशका स्थानीय तहमा कार्यरत प्राविधिकहरूलाई तथ्याङ्क संकलनका विधिबारे क्षमता विकास गरी तथ्याङ्क संकलन कार्य सुरु भएको छ।’

यस्तै, प्रदेशका मुख्य नाकाहरू सल्यानको कपुरकोट र सुर्खेतको बबईमा अस्थाई तथ्याङ्क संकलनकेन्द्र स्थापना भएदेखि ७ मंसिरयता २ महिनाको अवधिमा मात्रै २२ करोड २२ लाख ८८ हजार रुपैयाँबराबरका कृषि उत्पादनहरू निर्यात भएको छ।

१५ लाख पशुपन्छीलाई खोप एकवर्ष अवधिमा प्रदेशभर पशु खोप कार्यक्रमतर्फ प्रदेशभरका १५ लाख ७३ हजार ४ सय ६७ पशुपन्छीलाई प्रमुख संक्रामक रोगविरुद्धको खोप लगाइएको छ।

चालु आर्थिक वर्षको पशुपन्छी खोपलाई अभियानको रूपमा सञ्चालन गर्न यही माघ ९ गतेदेखि सुर्खेतबाट सुरुवात गरिएको थियो। पशु स्वास्थ्य सेवा कार्यक्रममार्फत १

लाख ८ हजार ४ सय पशुपन्छीहरूलाई उपचार गरिएको छ। मन्त्रालयले यो अवधिमा ४ हजार २ सय ३२ गाईभैँसी र बाख्रामा कृत्रिम
गर्भाधान गरी नस्ल सुधार कार्यक्रम सञ्चालन गरेको छ।

भेडापालक कृषकलाई प्रोत्साहन अनुदान
प्रदेश सरकारले एक वर्षको अवधिमा भेडापालक कृषकहरू (५० भन्दा बढी भेडापालन गर्ने) लाई औषधि उपचार खर्चबापत प्रोत्साहन अनुदान दिएको छ। उक्त कार्यक्रममार्फत भेडापालन व्यवसाय प्रवर्द्धन गर्न ४ सय ४० जना कृषकलाई ६९ लाख ३७ हजार प्रोत्साहन रकम वितरण गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .