ad ad

राजनीति


पहिचानको आन्दोलनले विराटनगरमा तनाव (तस्बिरहरु)

प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
पहिचानको आन्दोलनले विराटनगरमा तनाव (तस्बिरहरु)

आन्दोलनकारीमाथि पानीको फोहोरा हान्दै प्रहरी। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
चैत १४, २०७९ मंगलबार १३:५५, विराटनगर

पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको छ।

कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेषचौकनजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि ढुंगामुढा गरीरहेका छन्।

प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका छन्।

आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन्। प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। त्यसैगरी पानीको फोहोरा पनि हानिएको छ।

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले मंगलबार विराटनगरमा जनप्रदर्शन गरेको हो।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .