नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङले कोशीमा सरकार शून्यताको अवस्था सिर्जना गरेको बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रदेश प्रमुख खापुङले अदालतको आदेशलाई अवमूल्यन गर्दै काम चलाउ सरकार तोक्न नसकेको बताएका हुन् ।
‘प्रदेश प्रमुखज्यूबाट इन्टरप्रिटेशन गर्ने काम भयो’, उनले भने, ‘सर्वोच्च अदालतले भने अनुसारको काम हुनुपर्ने त्यो भएन, एमाले दुई दिनका लागि बलजफ्ती गर्ने कुराको विपक्षमा छ।’
कार्कीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कोशी प्रदेशका प्रमुखले गलत गरेको बताए।
‘प्रदेश प्रमुखज्यूले जानेर गर्नु भयो या गठबन्धनको प्रभावमा परेर गर्नुभयो, यो उहाँले जान्ने कुरा हो, कार्कीले भने, ‘फैसला कार्यान्वयन गर्ने कुरामा त्रुटि भएकै छ।’
सरकार गठनका लागि दिइएको समय सीमाभित्र पर्याप्त सिट सङ्ख्या भयो भने मात्रै दाबी पेस गर्ने जाने एमालेले जनाएको छ।
सर्वोच्चको फैसलापछि ७ दिनभित्र बहुमतको सरकार गठनको लागि आदेश दिएको थियो।
कोशीका प्रदेश प्रमुख खापुङले मंगलबार साँझ ५ बजेसम्मको समय तोकेर सरकार गठनका लागि आव्हान गरेका छन्।
यो समयभित्र दलहरूले बहुमतसहित दाबी पेस गर्न नसकेमा संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु पर्नेछ।
Shares

प्रतिक्रिया