प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)ले लुम्बिनी प्रदेशबाट खाता खोलेको छ।
निर्वाचन आयोगका अनुसार, बाँके–२ बाट एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। उनले २४ हजार ६२६ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का ऋषिराज देवकोटाले १ हजार २८६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्टले १ हजार १५ र राष्ट्रिय जनमुक्ति पार्टीका इरफान अहमद शेखले ५५१ मत पाएका छन्।
375
Shares

प्रतिक्रिया