ad ad

राजनीति


कार्यदल बैठक : केन्द्रीय कमिटी बैठक सार्न ओली पक्षलाई प्रस्ताव

कार्यदल बैठक : केन्द्रीय कमिटी बैठक सार्न ओली पक्षलाई प्रस्ताव

नेपालखबर
असार १७, २०७८ बिहिबार १३:५१,

माधव नेपाल पक्षले शुक्रबार बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको छ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बसेको कार्यदल बैठकमा नेपाल पक्षका नेताहरुले यस्तो आग्रह गरेका हुन्।

नेपाल पक्षले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने बताएपछि सहमति जुटाउन बिहीबार साँझ कार्यदल बसेको हो।

बैठकमा नेपाल पक्षले शुक्रबारको बैठक स्थगित गर्न भनेका थिए। त्यसको जवाफमा ओली पक्षका नेताहरुले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए।

समिट होटलमा बसेको कार्यदलको बैठकमा शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी थिए।

नेपाल पक्षका नेताहरुले बैठकमा पर्याप्त गृहकार्य नभएको भन्दै शुक्रबार हुने भनिएको बैठकलाई पछि सार्नसमेत आग्रह गरेका थिए।

दशौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बुधबार भएको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल पक्ष असन्तुष्ट रहँदै आएको छ।

उनीहरुले २०७५ जेठ २ का लागि कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।

तर बुधबारको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .