बाँकेको राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा आइतबार मध्यराति गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नाम ठेगाना सार्वजनिक गरेको छ। तर मृतकमा गाडी चालक र सहचालकको मात्र परिचय खुलको छ।
गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो।
दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पा घर भएकाहरू छन् ।
यी हुन् घाइते २१ जना
१. दाङ जिल्ला धर्ना-४ का ४५ वर्षीय मेघराज केसी
२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर-२ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गाउँपालिका-६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-२ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-७ का १७ वर्षीय सुनिल परियार
८. त्यही ठेगानाका २० वर्षीय वीरेन्द्र परियार
९. त्यही ठेगानाका १८ वर्षीय पुरन परियार
१०. रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका-२ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु-८ का ४० वर्षीय दिलबहादुर विक
१२. सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका-२० वर्षीय मिनराज विक
१३. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का तेजबहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गाउँपालिका-६ का टीका चलाउने
१८. सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का २६ वर्षीय निमबहादुर बादी
२०. त्यही ठेगानाका १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. त्यही ठेगानाका १७ वर्षीय ज्ञान बहादुर बोहरा
याे पनि: बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

प्रतिक्रिया