नयाँ सांसदको अन्तिम समीकरणको नतिजा सार्वजनिक भइरहँदा अङ्ककगणितीय रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाई उन्मुख देखिएको छ भने नेपाली कांग्रेस दोस्रो ठूलो दल हुँदै प्रमुख प्रतिपक्षी दल बन्ने देखिन्छ । तर आम नागरिकहरुका बीच भने कांग्रेसभन्दा निक्कै कम संख्यामा उपस्थित हुने श्रम संस्कृति पार्टीले दह्रो प्रतिपक्षीय भूमिका निर्वाह गर्ने चर्चा चुलिएको छ ।
यसको छनक त्यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले शुरुवातमै देखाएका छन्। हर्कको पहिलो तारो रास्वपाले प्रधानमन्त्रीमा प्रस्ताव गरेका बालेन्द्र शाह (बालेन) र धादिङबाट निर्वाचित सांसद आशिका तामाङ परेका छन्। प्राय खुला अन्तरक्रियामा संलग्न हुन नचाहने बालेनको प्रवृत्तिप्रति आइतबार समाजिक सञ्जालमा ब्याङ्ग्य गर्दै उनले ‘संसदमा बबाल हुने’ धारणा व्यक्त गरेका छन्।
अबको प्रधानमन्त्री बालेनभन्दा रबी हुनुपर्ने भन्दै उनले भनेका छन् ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो, सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ, नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।’
रास्वपाबाट निर्वाचित अर्का सांसद आशिका तामाङप्रति पनि उनले ब्याङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन् ‘अब सुशासन कायम गर्दै भ्रष्टाचार गर्न आकोू भन्नेहरु सङ्ग कसरी बहस गर्ने होला रुरुरु सदनमा नि घण्टी लिएर आउलान् कि? म नि नत्र एक डोको माटो लिएर जानु परो ।’ उनको यो व्याङ्ग्य धादिङबाट निर्वाचित रास्वपाका सांसद आशिका तामाङप्रति हो । निर्वाचन प्रचार प्रसार गर्दा आशिकाले कागज हेर्दै लिखित भाषण गर्ने क्रममा असावधानिबास गरेको यो भाषण भाइरल बनेको थियो।
नयाँ दल र नयाँ सम्भावना बोकाका नयाँ नेताहरु मिल्नुपर्छ भनेर सामाजिक सञ्जालमा व्यापक दबाब भए पनि हर्क बालेन, रवि, कुलमान जस्ता डिजिटल प्लेटर्फमका सेलीब्रेटिहरुसँग सहकार्यमा छैनन् । बरु उनी आफूबाहेकका चर्चामा रहेका यी व्यक्तिहरुको तीब्र आलोचक रहँदै आएका छन् । नयाँ दल भए पनि उनी दैनिक रास्वपा, यसका नेता र कुलमानको तिखो आलोचना गर्छन् ।
बालेनले भने हर्कप्रति निक्कै नरम प्रतिक्रिया दिएका छन् । आफ्नो विजयबारे हर्कले गरेको फेसबुक पोष्टमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘तँपाईलाई सँधै माया थियो, छ, र रहने छ । तँपाई र धरानलाई सँधै माया छ ।
यसै पनि कोशि प्रदेशमा श्रम संस्कृतिले रास्वपालाई कडा टक्कर दिने स्थिति छ । देशभर रास्वपाको आँधी चल्दा पूर्वी पहाडमा उसको बेग कम गर्ने श्रम सँस्कृति नै देखिएको छ । कोशि प्रदेश अन्तर्गत पहाडी क्षेत्र मध्ये ओखलढुङ्गामा मात्र रास्वपाले जीत हात पारेको छ ।
बाँकी सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाममा रास्वपाले चौथो स्थान मात्र प्राप्त गर्न सकेको छ ।
यद्यपी झापा, मोरङ, सुनसरी र उदयपुरमा रास्वपा पहिलो शक्ति हो । यस मध्ये सुनसरीको क्षेत्र नं. १ हर्कले जितेको हो।
श्रम सँस्कृतिको अर्थपूर्ण उदय
प्रत्यक्षतर्फ कोशीको २८ मध्ये तीन क्षेत्रमा विजय हाँसिल गरेको श्रम सँस्कृति पार्टी सबै क्षेत्रमा तेस्रो शक्तिको रुपमा उदायएको छ । रास्वपा, नेपाली कंग्रेस, नेकपा (एमाले) र नेकपाले जितेको स्थानमा पनि श्रम सँस्कृति तेस्रो स्थानमा रहेको देखिएको छ । मोरङ –१, इलाम र पाँचथरमा उसको मत दोस्रो स्थानमा रहेको छ।
निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार प्रत्यक्षतर्फ श्रम सँस्कृतिले झापा १, २, ३ र ५ मा क्रमश १० हजार ४, ७ हजार २ सय ९१ मत, झापा ५ मा ५ हजार २३३ मत सहित तेस्रो स्थान हाँसिल गरेका छन्। झापा ४ मा भने ७ हजार ३३९ मतसहित पाँचौ स्थान प्राप्त गरेको छ ।
मोरङ १ मा १७ हजार ५२२ सहित श्रम संस्कृतिका शान्ति पाख्रिन दोस्रो भइन।
मोरङ् २ मा १ हजार ८२२ मतसहित चौथो भएको यो पार्टीले मोरङ २ र ३ मा क्रमश १२ हजार ७ सय ४८ र १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थान हाँसिल गरेका छन् । उदयपुरमा पनि यो पार्टीले दोस्रो स्थान हाँसिल गरेका छन् ।
यीबाहेकका स्थानमा श्रम सँस्कृति दोस्रो स्थानमा देखिएको छ । पार्टी स्थापना गरेको ३ महिनाभित्रै चुनावमा होमिएको श्रम संस्कृतिले छोटो अबधिमै हाँसिल गरेको यो नतिजाले उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय यो पार्टीका कार्यकर्ताहरुले संसदमा दह्रो प्रतिपक्षीय भूमिका निर्वाह गर्नुपर्ने आवाज उठाइरहेका छन् । यसै पनि ‘मुखको छुचो’ मान्छेको रुपमा परिचित हर्कले फेसबुकमा तीखो वाक्यांशहरु लेखेर विषयहरुलाई उचाल्ने गरेका छन्।
होलान त तीखो प्रतिपक्ष?
संसदमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका दलबाट संसदीय अनुभव प्राप्त नेता तथा कतिपय नयाँ युवाहरुसमेत संसद रहे पनि आफ्नो छुट्टै शैलीका कारण नयाँ पार्टीबाट प्रतिनिधित्व गर्ने हर्क र उनका सांसदहरु सरकारको नेतृत्व गर्ने रास्वपाका लागि मुख्य प्रतिपक्षी हुने अनुमान गर्न थालिएको छ।
खोटाङबाट निर्वाचित श्रम संस्कृतिका महासचिव आरेन राई पनि आफ्नो चर्को तर्क र भाषणका कारण सामाजिक सञ्जाल युटुवमा चर्चित पात्र हुन् । उनले निक्कै तर्कपूर्ण र कतिपय विवादस्पद अभिव्यक्ति सार्वजनिक नै छ ।
भोजपुरबाट प्रत्यक्षमा निर्वाचित अर्का सांसद ध्रुव राई जिल्लामा शाहसकि र चतुर राजनीतिक कार्यकर्ताका रुपमा परिचित छन् । उनको राजनीतिक हिम्मत र चतु¥याईबारे छलफल हुँदा विशेषत २०५८ सालको शाही शासन कालमा एक्लै जिल्ला प्रशासन कार्यलयको गेट तोडेर तात्कालिन जिल्ला सभापतिको घरमा सुत्न गएको घटना जिल्लामा निक्कै चार्चित छ ।
यो पार्टीका तीनै जना पहिलो पटक संसदमा प्रवेश गर्न लागेका हुन् ।
Shares

प्रतिक्रिया