प्रतिनिधि सभाको निर्वाचनमा दार्चुलाबाट नेकपा (एमाले)का गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, एमालेका ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशसिंह सामन्तले ८ हजार ९३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लक्ष्मणदत्त जोशीले ३ हजार ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६६६ मत प्राप्त गरेका छन्।
42
Shares

प्रतिक्रिया