ad ad

कोशी


प्रदेश १ ले पाएन नाम, आज रातिबाट अन्त्य हुँदै दशौं अधिवेशन

प्रदेश १ ले पाएन नाम, आज रातिबाट अन्त्य हुँदै दशौं अधिवेशन

फाइल तस्बिर


सुमन पुरी
भदौ १७, २०७९ शुक्रबार १०:२८, विराटनगर

प्रदेश १ प्रदेशसभाको चालु दशौं अधिवेशन शुक्रबार मध्यरातबाट अन्त्य हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले शुक्रबार मध्यरातबाट प्रदेश सभाको दशौं अधिवेशन अन्त्य हुनेबारेको पत्र बिहीबार प्रदेशसभामा पठाएको छ। 

दशौं अधिवेशन अन्त्य हुनु अघि शुक्रबार प्रदेश सभा बस्ने छ। 

शुक्रबार बस्ने दशौं अधिवेशनको २५औं बैठक पहिलो कार्यकालको अन्तिम बैठक हुने छ।

मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको र  विशेष अधिवेशन बोलाउनु पर्ने आवश्यकता नभएकाले   पहिलो कार्यकालको अन्तिम बैठक नै शुक्रबारको हुने छ।

अन्तिम बैठकमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोही समितिले यता गरेको प्रतिवेदन पेस गर्ने र पारित गर्ने प्रस्तावित कार्यसूची रहेको छ।

अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धीको पत्र पढेर सुनाउने छन्। 

चालू अधिबेशनमा प्रदेशको नामकरण गर्ने दलहरुले प्रतिवद्धता जनाएका थिए। तर दलहरुका बिचमा सहमति नहुँदा नामकरण बिना नै प्रदेश सभा अन्य हुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .