ad ad

कोशी


एमालेबाट मोरङ ४ मा ढकाल र २ मा पोखरेल सर्वसम्मत, लालबावुलाई पुरी भारी

एमालेबाट मोरङ ४ मा ढकाल र २ मा पोखरेल सर्वसम्मत, लालबावुलाई पुरी भारी

सुमन पुरी
भदौ २०, २०७९ सोमबार ९:२०, विराटनगर

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ र २ बाट एकल उम्मेदवारको नाम सिफारिस भएको छ।

मोरङ क्षेत्र नम्बर ४ बाट विनोद ढकाल र २ बाट ऋषिकेश पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ढकाल एमाले मोरङ जिल्ला इन्चार्ज हुन् भने पोखरेल जिल्ला अध्यक्ष हुन्। 

विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्रिय छन्। भोजपुरबाट एसएलसी पास गरी मोरङ आएदेखि उनी निरन्तर राजनीतिमा सक्रिय छन्।

अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएर देशव्यापीरुपमा स्थापित भएका ढकाल एमाले मोरङको जिल्ला सचिव, जिल्ला अध्यक्ष भइसकेका हुन्।

संविधान सभा सदस्यको रुपमा मोरङ २ बाट निर्वाचन जितेका ऋषीकेष २०७४ को निर्वाचनमा मिनेन्द्र रिजालसँग पराजित भएका थिए।

मोरङको क्षेत्र नम्बर ५ मा भने तीन जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस भएको छ।

मण्डल जीवन विकास समाज नामक संस्था मार्फत सामाजिक काममा सक्रिय छन्। उनी स्थानीय तहको निर्वाचनअघि एमाले प्रवेश गरेका थिए। अग्रवाल भने रंगेलीमा बसेर एमालेको राजनीति गर्दै आएका नेता हुन्। 

मोरङको क्षेत्र नम्बर ६ बाट भने टीकाराम पुरी र लालबावु पण्डितको नाम उम्मेदवारको रुपमा सिफारिस भएको छ। 

पण्डितले २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन जितेका थिए। उनी पटक-पटक मन्त्री भएका नेता हुन्। 

पुरी भने निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष हुन्। उनी पहिलो पटक निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्। 

मोरङको क्षेत्र नम्बर १ र ३ मा भने अहिलेसम्म उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .