ad ad

प्रविधि


विश्वभर फेसबुक, ह्वाटस्एप र इन्स्टाग्राम डाउन

विश्वभर फेसबुक, ह्वाटस्एप र इन्स्टाग्राम डाउन

नेपालखबर
असोज १८, २०७८ सोमबार २२:४, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले विश्वभर अचानक काम गर्न छाडेका छन्। यो समस्या समस्या सोमवार राति ९ बजेर ३५ मिनेटदेखि सुरु भएको हो। 

तीनै सामाजिक सञ्जालका नेपालसहित विश्वभर अर्बौं यूजर रहेका छन्। यी तीनै सामाजिक सञ्जालको सर्भर डाउन भएपछि प्रयोगकर्ताले ट्विटरमा आफ्नो गुनासो राखिरहेका छन्। 

अहिलेसम्म यी सामाजिक सञ्जालको सर्भर डाउन हुनुको कारण खुलिसकेको छैन। तीनै प्लेटफर्म डाउन भएपछि मानिसहरुले म्यासेज आदान प्रदान गर्न पनि पाएका छैनन्। 

कम्पनीको सर्भर डाउन भएकाले यो समस्या आउने गरेको छ। समाचार तयार पारून्जेलसम्म यसबारे फेसबुकले केही बोलेको छैन।

आउटेज ट्रयाकिङ कम्पनी डाउनडिटेक्टर डटकमका अनुसार लाखौँ प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्रामलाई यसको गुनासो गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .