ad ad

प्रविधि


भारतमा रहेको आईफोन कारखाना आफ्नो ‘निगरानी’मा राख्ने एप्पलको निर्णय

भारतमा रहेको आईफोन कारखाना आफ्नो ‘निगरानी’मा राख्ने एप्पलको निर्णय

नेपालखबर
पुस १५, २०७८ बिहिबार ८:९, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलको आईफोन उत्पादन गर्दै आएको भारतस्थित फक्सकोनको कारखाना अब एप्पलको निगरानीमा रहने भएकाे छ।

ठूलो मात्रामा खाद्यान्नमा विषादी पाइएको र मजदुरको जीवनमाथि खेलबाड भएको भन्दै यसअघि भारतको तामिलनाडुमा रहेको उक्त कारखानाको विरोधमा प्रदर्शन भएको थियो। 

त्यसपछि फक्सकोन र एप्पल दुवै कम्पनीले उक्त कारखानाको विषयमा अनुसन्धान गरेका थिए। अनुसन्धानको क्रममा उक्त प्लान्टमा मजदुरको आराम र खानाको मापदण्ड पालना नगरिएको पाइएको थियो।

यससँगै कम्पनीले अब उक्त प्लान्टलाई आफ्नो निगरानीमा राख्ने बताएको हो । साथै समस्या समाधान गर्न ‘सुधारको कामलाई’ द्रूत गतिमा कार्यान्वयन गर्ने एप्पलले बताएको छ। 

यसअघि फक्सकनको कारखानामा काम गर्ने करिब २५० महिलालाई यसै महिना खाद्य विषाक्तताको उपचार गरिएको थियो र उनीहरूमध्ये १५९ जना अस्पताल भर्ना भएका थिए।

यो घटनापछि गत डिसेम्बर १८ देखि चेन्नई नजिकैको श्रीपेरुम्बुदुरस्थित कारखाना कम्पनीले बन्द गरेको थियो । 

कारखानाले लगभग १७ हजार मानिसहरूलाई काममा लगाएको छ ।

यसले भारतीय बजार र निर्यातका साथै अन्य उपकरणहरूका लागि आइफोन बनाउँछ । कारखानामा सुधारको काम चलिरहँदा त्यहाँ रहेका सबै कर्मचारीको भुक्तानी भने जारी रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .