ad ad

प्रविधि


के हो एक्समा ट्रेन्डिङ भइरहेको ‘क्लिक हियर’?

के हो एक्समा ट्रेन्डिङ भइरहेको ‘क्लिक हियर’?

नेपालखबर
चैत १८, २०८० आइतबार ९:४६, काठमाडौँ

शनिबार साँझदेखि नै हजारौं मानिसहरू एक्स (पहिलेको नाम ट्विटर) मा ‘क्लिक हियर’ ट्रेन्डमा सहभागी भइरहेका छन्।

सोसल मिडिया प्लेटफर्म एक्स प्रयोग गर्नुहुन्छ भने तपाईंले पनि पक्कै एउटा यस्तो तस्बिर देख्नुभयो। 

यो तस्बिरमा माथिल्लो भागमा ठूला कालो अक्षरमा ‘क्लिक हियर’ लेखिएको छ। यससँगै बायाँपट्टि एउटा वाण चिह्न र सानो ‘एएलटी’ लेखिएको छ।

कसैले एएलटीमा क्लिक गर्नेबित्तिकै सन्देश देखा पर्दछ।

यो एक सन्देश हो जुन ‘ALT’ शब्दमा क्लिक गरे देखा पर्दछ। यदि तपाईंले‘ALT’ मा क्लिक गर्नुभएन भने तपाईंले तस्बिर मात्र देख्नुहुनेछ, त्यसमा लुकेको सन्देश देख्न सक्नुहुन्न।

क्लिक हेयर ट्रेण्ड सुरु भएदेखि नै आम मानिस मात्र नभएर ठूला राजनीतिक दल, खेलकुद क्लब, फुटबल टिम र फिल्म स्टार पनि यसमा सहभागी हुन थालेका छन्।

के हो अल्ट टेक्स्ट?
यो एक टेक्स्ट फिचर हो, जुन एक्सले धेरै पहिले सुरु गरेको थियो।

यसको मद्दतले व्यक्तिले फोटो सेयर गर्दा यसको बारेमा लेख्न सक्छन्। अल्ट टेक्स्ट फिचरका रूपमा कुनै तस्बिरमा एक हजार अक्षरसम्मका सन्देश लेख्न सकिन्छ।

एक्सले यो फिचरको मद्दतले कन्टेन्ट धेरैभन्दा धेरै मानिसमा पुग्ने र कम वा हेर्नै नपाउनेहरूका लागि पनि उपयोगी हुने बताएको छ।

अल्ट टेक्स्ट फिचरले इन्टरनेट स्पिड कम भएका क्षेत्रका मानिसहरूका लागि पनि लाभदायक साबित हुने विज्ञहरू बताउँछन्।

कसरी प्रयोग गर्ने अल्ट टेक्स्ट? 
एक्समा यो फिचर तस्बिरमा त प्रयोग गर्न सकिन्छ, तर यो सुविधा भिडिओका लागि उपलब्ध छैन।

तपाईंले एक्समा पोस्ट गर्न फोटो अपलोड गर्नेबित्तिकै तपाईंको तस्बिरमा पनि +ALT देखाउनेछ। 

+ALT मा क्लिक गरेर तपाईंले कुनै पनि सन्देश लेख्न र सेभ गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले लेखेको सन्देश त्यो फोटोमा थपिनेछ।

तस्बिर पोस्ट गरेपछि तब उक्त सन्देश देखाउँछ, जब तपाईं अल्टमा क्लिक गर्नुहुन्छ।

यो फिचर मोबाइलका साथै ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .