ad ad

प्रविधि


मस्क भन्छन्–ट्वीटरमा ट्रम्पलाई लगाइएको प्रतिबन्ध हट्छ

मस्क भन्छन्–ट्वीटरमा ट्रम्पलाई लगाइएको प्रतिबन्ध हट्छ

नेपालखबर
बैशाख २८, २०७९ बुधबार ७:४१, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ इलोन मस्कले आगामी दिनमा सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हट्न सक्ने बताएका छन्। मंगलबार एक अन्तर्वार्तामा उनले यस्तो खुलासा गरेका हुन्। 

मस्कले यसअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिदको सम्झौता गरेका थिए। यद्यपि अझै पनि मस्कको योजना स्पष्ट भने हुन सकेको छैन। उनले आफूलाई पूर्णरुपमा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर रहेको बताउँदै आएका छन्। साथै उनले साइटमा त्यति ठूलो परिवर्तन भने नहुने उल्लेख गर्दै आएका छन्। 

मंगलबारको अन्तर्वार्तामा मस्कले ट्वीटरका संस्थापक ज्याक डोर्सी पनि स्थायीरुपमा ट्वीटरमा प्रतिबन्ध लगाउन नहुने विषयमा सहमत भएको बताएका छन्। यस विषयमा ट्वीटरले भने कुनै प्रतिक्रिया दिएको छैन। 

ट्वीटरमा प्रतिबन्ध लाग्नुभन्दा पहिला ट्रम्पका ८ करोड ८० लाख फलोअर्स थिए। ट्वीटरले २०२१ को जनवरी ६ मा अमेरिकाको संसदमा भएको आक्रमणको विषयमा दिएको अभिव्यक्तिको कारण उनीमाथि प्रतिबन्ध लगाइएको थियो। 

यसअघि नै ट्रम्पले भने मस्कले ट्वीटर किने पनि आफूले ट्वीटर प्रयोग नगर्ने बताइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .