ad ad

प्रविधि


बेलायती रक्षा मन्त्रालयले पहिलोपटक किन्यो क्वान्टम कम्प्युटर

बेलायती रक्षा मन्त्रालयले पहिलोपटक किन्यो क्वान्टम कम्प्युटर

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १४:५, काठमाडौँ

बेलायतको रक्षा मन्त्रालयले पहिलोपटक क्वान्टम कम्प्युटर खरिद गरेको छ।

यो बेलायतको पहिलो क्वान्टम कम्प्युटर हो। यो कम्प्युटरले निकै जटिल गणित समाधान गर्न सक्छ, जुन सामान्य कम्प्युटरले सक्दैन।

बेलायतको रक्षा मन्त्रालयले बेलायती कम्पनी ओर्का कम्प्युटिङसँग सहकार्य गरेर रक्षा क्षेत्रमा प्रविधि प्रयोगमा सहकार्य गर्नेछ। 

बेलायती रक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि प्रयोगशालाका स्टेफिन टिलले क्वान्टम खरिदलाई महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरेका छन्।

जानकारहरुका अनुसार क्वान्टम कम्प्युटरले अहिले  सामान्य कम्प्युटरले समाधान गर्न नसकेका समस्या केही समयमा नै क्वान्टम कम्प्युटरले केही समयमा नै समाधान गर्न सक्छ। 

यद्यपि यो प्रविधि नयाँ भएकाले यसले राम्रोसँग आफ्नो काम गर्न भने केही समय लाग्न सक्ने जानकारहरुको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .