ad ad

प्रविधि


मस्क भन्छन्– ट्वीटरको सुधार नीति परिवर्तन भएको छैन

मस्क भन्छन्– ट्वीटरको सुधार नीति परिवर्तन भएको छैन

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार ८:५२, काठमाडौँ

अमेरिकी अर्बपति इलोन मस्कले ट्वीटरको कन्टेन्ट सुधार नीतिमा अहिलेसम्म कुनै पनि परिवर्तन नगरिएको बताएका छन्।

४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका मस्कले विभिन्न आशंकाको बीचमा यस्तो बताएका हुन्। ट्वीटमार्फत नै उनले आफूहरुले अहिलेसम्म कन्टेन्टमा सुधारको नीतिमा कुनै पनि परिवर्तन नगरेको स्पष्ट पारेका हुन्। 

यसअघि उनले पोस्टहरु सुधारको लागि नयाँ परिषद् स्थापना गर्ने घोषणा गरेका थिए। उनले यसअघि उमेर नपुगेको वा भ्रामक पोस्ट गरेको आधारमा प्रतिबन्धमा परेका मानिसलाई ‘ट्वीटरको जेल’बाट मुक्त गरिने बताएका थिए।

उनले लेखेका छन्, ‘अब ट्वीटरमा कमेडी पनि वैध भएको छ।’ 

मस्कले ट्वीटरलाई आफ्नो नियन्त्रणमा लिएसँगै उनले कम्पनीका शीर्ष कर्मचारी हटाएका छन्। यससँगै धेरैको ध्यान मस्कको अबको योजना के हुन्छ भन्नेमा केन्द्रित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .