नेपालका ३ जना महिला वैज्ञानिकहरु अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।
प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी)–२०२२’ बाट दुईजना र ‘हम्बोल्ड रिसर्च अवार्ड’ बाट १ जना गरी तीन नेपाली महिला वैज्ञानिकले प्राप्त गरेका हुन्।
त्रिवि केन्द्रीय विभागकी उपप्रध्यापकद्वय सुभांगी सुवेदी दाहाल, सुप्रिया शर्मा र सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस)की अनुसन्धानकर्ता बबिता पौडेलले अवार्ड हात पारेका हुन्।
दाहाल र शर्मा अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी)–२०२२’ बाट सम्मानित भएका हुन् भने पौडेलले ‘हम्बोल्ड रिसर्च अवार्ड’ हात पारेकी हुन्।
अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी)–२०२२’को राशि ५० हजार अमेरिकी डलर छ भने हम्बोल्ड रिसर्च अवार्ड’को राशि ३० हजार युरो छ।
प्रतिक्रिया