ad ad

प्रविधि


मोबाइल आविष्कारक कुपर भन्छन्- मान्छेले आफ्नो मगज गुमाइसकेछ, देखेर स्तब्ध भएँ

मोबाइल आविष्कारक कुपर भन्छन्- मान्छेले आफ्नो मगज गुमाइसकेछ, देखेर स्तब्ध भएँ

नेपालखबर
चैत २१, २०७९ मंगलबार ११:१४, काठमाडौँ

आजको दिनसम्म आइपुग्दा मोबाइल फोन मानिसका लागि अभिन्न चिज बनिसकेको छ। कुनै पनि काम मोबाइल फोनबिना गर्न मान्छेलाई कठिनप्राय: भइसकेको छ।

मानिसहरूबीचको संवादलाई चाँडो र सजिलो बनाउन निर्माण भएको यो प्रविधि आजका दिनमा मान्छेका लागि ठूलो कुलत बनेर पनि देखा परेको छ। मोबाइल फोनका पिता भनेर चिनिने मार्टिन कुपर मोबाइल कुलत बनेकोबारे टिप्पणी गर्दै यसले आफू चिन्तित भएको बताउँछन्। 

मोबाइलको समस्या भनेको मानिस एकोहोरो फोनमै झुल्लिनु भएको बुझाइ अमेरिकी इन्जिनियर कुपरको छ। अहिले बाटो काट्दा पनि मान्छेहरू फोनमै टोलाइराख्ने भएकाले कतिको त दुर्घटना पनि भएको उनले बताए। 'मान्छे आफ्नो मगजबाहिर गइसकेछ,' उनी भन्छन्। अगाडि ठट्टा गर्दै उनी थप्छन्, 'फोनमै झोक्राएर बाटो काटिरहेका कति त कारको ठक्कर खान लाग्छन् तब बल्ल उनीहरूलाई थाहा हुन्छ र हतारहतार भाग्छन्।'

तर मोबाइल फोनले मान्छेको जीवनवृत्तिमा पनि सहयोग पुर्‍याएको उनी बताउँछन्। सेलफोनले शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको उनको दाबी छ। 'सेलफोनले मान्छेको जीवन विकासमा धेरै टेवा पुर्‍याएको छ, यसले अझै धेरै ठूलो परिवर्तन संसारमा ल्याउन सक्छ,' उनी भन्छन्, 'आज पनि हामी सुरुवाती अवस्थामा छौँ, हामी भर्खरै यसले के के गर्नसक्छ भन्ने बुझ्न थालेका छौँ। भविष्यमा फोनले शिक्षा र स्वास्थ्यमा ठूलो क्रान्ति ल्याउनेमा म विश्वस्त छु।'

उनले फोनले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने दाबी गर्दै भने, 'यो भन्न अतिशयोक्ति हुँदैन कि फोनले हामी रोगमाथि विजय प्राप्त गर्नसक्ने अवस्थामा पुगेका छौँ। जस्तो तपाईंको हातको घडीले तपाईंको हृदयको गति मापन गरिरहेको छ। र फोनले त्यसको श्रवण यन्त्रमा ध्यान राखी सम्बन्धित रोग नियन्त्रण गर्नसक्ने भएको छ।'

अहिले कुपर आईफोन चलाउँछन्। जसलाई आफूले व्यक्तिसँग जोडिन र आवश्यक संवाद गर्न मात्रै प्रयोग गर्ने गरेको उनी बताउँछन्।

उनले सन् १९७३ अप्रिल ३ मा तार र ब्लकले बनेको पहिलो मोबाइल फोन निर्माण गरेका थिए। त्यससमयमा मोबाइल फोनमा राज गरेको मोटोरोला कम्पनीमा उनी काम गर्थे।

उनले पहिलोपटक निर्माण गरेको फोन ठूलो र गह्रुंगो थियो। एक किलोभन्दा धेरै तौल रहेको उक्त फोनमा राखिएको ब्याट्री २५ मिनेटसम्म मात्रै टिक्थ्यो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .