प्रविधि


सुरु भयो उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

सुरु भयो उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

नेपालखबर
साउन २५, २०८० बिहिबार २०:४५, काठमाडौँ

नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जीबीपीएस) अर्थात् १००० मेगावाइट पर सेकेन्ड (एमबीपीएस) सम्म उच्च गति भएको फाइभर टु होम (एफटीटीएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ। 

यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो। 

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबीपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। सो सेवा पाँच सय एमबीपीएस र एक जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जीबीपीएस हुनेछ। 

प्रिमियम एफटीटीएच पाँच सय एमबिपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा शून्य दशमलव पाँच टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। प्रिमियम एफटीटीएच एक जीबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ। यो प्याकमा एक टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ। 

दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। पाँच सय एमबीपीएसको ‘प्रिमियम एफटीटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक रु ८० हजार र एक जीबीपीएसको ‘प्रिमियम एफटीटीएच एक जीबीपीएस’ प्याकेज वार्षिक रु एक लाख १० हजारमा उपलब्ध हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .