प्रविधि


चन्द्रयानको सफलतापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत (भिडिओ)

चन्द्रयानको सफलतापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत (भिडिओ)

नेपालखबर
भदौ १४, २०८० बिहिबार १०:१०, काठमाडौँ

भारतले आगामी सेप्टेम्बर २ मा सूर्यको अध्ययन गर्न नयाँ मिसन सुरु गर्ने भएको छ।

यसअघि प्लानेटरी सोसाइटीका निर्देशक रघुनन्दन कुमारले सूर्यको अध्ययन गर्न पठाइने स्याटेलाइटलाई कति समय लाग्छ र यो मिसन कति लामो हुन्छ भन्ने विषयमा बताइसकेका छन्।

रघुनन्दन कुमारले समाचार एजेन्सी पीटीआईलाई भने, ‘आदित्य–एल१ मिसनले चार महिनामा १५ लाख किलोमिटरको दूरी तय गर्नेछ। एउटा बिन्दुमा पुगेपछि हामी सात यन्त्रको सहायताले आगामी पाँच वर्षसम्म सूर्यको अध्ययन गर्नेछौं।’

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) ले सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११:५० बजे सूर्यको अध्ययन गर्न 'आदित्य एल-१' उपग्रह प्रक्षेपण गर्नेछ।

सूर्यको अध्ययन गर्ने यो भारतको पहिलो अन्तरिक्ष मिसन हो।

यसअघि भारतले चन्द्रयान–३ लाई चन्द्रमामा अवतरण गराइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .