ad ad

प्रविधि


अमेरिकी प्रतिबन्धबाट थप शक्तिशाली बन्यो चीन, एक्लैले स्पेस स्टेसन बनाउने हिम्मत गर्‍यो

अमेरिकी प्रतिबन्धबाट थप शक्तिशाली बन्यो चीन, एक्लैले स्पेस स्टेसन बनाउने हिम्मत गर्‍यो

नेपालखबर
असार १२, २०७८ शनिबार १३:०,

सुरक्षा खतरा भएको बताउँदै अमेरिकाले त्यसबेला चीनलाई आईएसएसमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको दुईवटा आरोप थियो। पहिलो, चीनले एन्टी–सेटेलाइट हतियार प्रयोग गरेको छ र दोस्रो, चीनले अमेरिकी अन्तरिक्ष संस्था नासाको जेट प्रोपोल्सन ल्याबोरेटोरीमा ह्याकिङ गरेर बौद्धिक सम्पत्ति चोरी गरेको छ।

यी आरोपहरुको चीनले खण्डन गर्दै आएको छ। तथापी सोही कारण हालसम्म चीनलाई सो अन्तरिक्ष स्टेसन प्रयोग गर्न दिइएको छैन। सो स्पेस स्टेसन अमेरिका, रुस, युरोप, जापान र क्यानडाले मिलेर बनाएका हुन्।

Xi Jinping Lauds "New Horizon" For Humanity In Space Chat With Astronautsनिर्माणाधीन स्पेस स्टेसनमा चिनियाँ अन्तरिक्षयात्री

स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर मानिन्छ। त्यहाँ अन्तरिक्षयात्रीहरु लामो समयसम्म अन्तरिक्षबारे अध्ययन गर्न बस्दछन्।

त्यो स्पेस स्टेसनमा अमेरिकाले चीनलाई प्रतिबन्ध लगाएपछि चीनले आफू एक्लैले स्पेस स्टेसन बनाउन सुरुवात गरेको छ।

आगामी वर्षबाट संचालनमा आउने गरी स्पेस स्टेसन बनाउने काम भइरहेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ।

वास्तवमा अमेरिकी प्रतिबन्धपछि चीन अन्तरिक्षको सम्बन्धमा थप शक्तिशाली भएको हो। चीन प्रविधिको क्षेत्रमा पनि निकै अगाडि देखिएको छ।

आईएसएस सन् २०२४ सम्म मात्र संचालनमा आउने भएकाले चीनको यस स्पेस स्टेसनलाई निकै महत्वका साथ हेरिएको छ।

सन् २०२४ पछि चीनको मात्र स्पेस स्टेसन अन्तरिक्षमा हुँदा चीनको हालिमुहाली हुनेछ। यद्यपी अमेरिका लगायत अन्य गठबन्धनले नयाँ अन्तरिक्ष स्टेसन भने बनाउनेछन्।

चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए।

चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए।

  क्रमशः ताङ होङ्बो, नी हाइसेङ र लिउ बोमिङ

तर चीन एक्लैले स्पेस स्टेसन बनाउन थाल्नाले चीन प्रविधिको क्षेत्रमा निकै अब्बल भएको विश्लेषण भइरहेको छ। चीनले हाल अन्तरिक्षमा तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र बनाइरहेको हो। त्यहाँ पहिलोपटक ३ अन्तरिक्षयात्री पुगेर काम थालिसकेका छन्।

नी हाइसेङ, लिउ बोमिङ र ताङ होङ्बो नाम गरेका तीन अन्तरिक्षयात्रीले त्यहाँ ३ महिना बस्नेछन्। उनीहरुले अन्तरिक्ष केन्द्रको निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान सुरुवात गरिसकेका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .