सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ।
साँझ ७ः०० बजे खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको दुईतले काठको घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगलागीबाट सुन आधा तोला, चाँदी ४० तोला, मोबाइल दुई थान, पासपोर्ट एक थान, लत्ताकपडा, फर्निचर, अन्नपात र नगद २५ हजार गरी तीन लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा ७ः३० बजे आगो नियन्त्रणमा आएको थियो।
3
Shares

प्रतिक्रिया