नेपालकी बोनिता शर्मा प्रेरणादायी शीर्ष सय महिलाको सूचीमा पर्न सफल भएकी छन्।
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता पर्न सफल भएकी हुन्।
बीबीसी विश्व सेवाको अनलाईन पोर्टलमा यो समाचार प्रकाशित छ।
बोनिता शर्मालाई महिला सशक्तिकरण र कुपोषणको क्षेत्रमा योगदान दिएकाले विश्वका प्रेरणादायी शीर्ष सय महिलाको सूचीमा समावेश गरेको बीबीसीले जनाएको छ।
शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुन्। यस संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ।
उनको संस्था सोचाइले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार प्राप्त गरेको थियो।


प्रतिक्रिया