समाज


पोगासस जासुसीको सूचीमा राष्ट्रपति म्याक्रोंको नाम परेपछि फ्रान्सले अनुसन्धान गर्दै

पोगासस जासुसीको सूचीमा राष्ट्रपति म्याक्रोंको नाम परेपछि फ्रान्सले अनुसन्धान गर्दै

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों


नेपालखबर
साउन ६, २०७८ बुधबार १४:२३,

पछिल्लो केही दिनयता पेगासस सफ्टवेयरको चर्चा विश्वभर चलिरहेको छ। 

सुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचकहरु तथा पत्रकारहरु पेगासस जासुसीको सूचीमा देखिएको बताइएको थियो।

त्यसपछि पेगासस जासुसीको सूचीमा भारतस्थित विभिन्न देशका राजदूतको नाम पनि पर्न थालेपछि पेगासस जासुसीको विषय यतिबेला चर्को बहसको विषय बनेको छ। 

बीबीसीका अनुसार यतिबेला फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको नाम पनि पेगासस जासुसीको सूचीमा परेको समाचार आएको छ।

म्याक्रोंले सन् २०१७ देखि प्रयोग गर्ने फोन पेगासस जासुसीको सूचीमा परेको मोरोक्कोको अनुसन्धान एजेन्सीले जनाएको छ।

यो घटनासँगै फ्रान्सले यस जासुसीको विषयमा अनुसन्धान गर्ने भएको छ। राष्ट्रपतिको कार्यालयले जानकारी दिएअनुसार यदी पेगासस जासुसीको सूचीमा म्याक्रोंको नाम देखिए यो गम्भीर विषय हुनेछ।

म्यानवअधिकारवादी संस्था एननेस्टी इन्टरनेसनलले यो जासुसीको विषयालाई त्रासदीपूर्ण घटना भनको छ।

What is Pegasus Software ? Spyware is sold it to Indian Govt ? - TECH  TOGETHER

के हो पेगासस?

पेगासस जासुसी गर्ने सफ्टवेयर हो। यो इजरायलको एनएसओ ग्रुपले बनाउँछ। यो सफ्टवेयर सरकारलाई मात्र बेचिन्छ। 

यो सफ्टवेयरमार्फत् जसको फोनमा पनि मालवेयर लिंक पठाउन सकिन्छ। जब मानिसहरुले सो लिंक थिच्छन् त्यो आइओएस र एन्ड्रोइड प्रयोगकर्ताको फोनमा इन्स्टल हुन्छ।

यो सफ्टवेयरले हाम्रो फोनको सबै कुरा जासुसी गर्नसक्छ। जासुसले यो फोनको क्यामेरा खोल्नसक्छ, माइक्रोफोन सक्रिय बनाउनसक्छ साथै एप्सहरु, कन्ट्याक्ट नम्बर लगायत आफ्नो नियन्त्रणमा ल्याउन सक्छन्।

फोनमा पीडितले के गरिरहेका छन् भनेर जासुसले सबै देख्न पाउने भएकाले पीडित जासुसको पुरै निगरानीमा हुन्छ।

यो पनिः पेगाससको माध्यमबाट मोदीका आलोचकसहित भारतका ४० पत्रकारको जासुसी

- भारतमा नेपाली राजदूतको फोन पनि जासुसीको सूचीमा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad