ad ad

समाज


ओलम्पिकः अर्का एक खेलाडीले पनि इजरायलका खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरे

ओलम्पिकः अर्का एक खेलाडीले पनि इजरायलका खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरे

इजरायलका तोहार बत्बल


नेपालखबर
साउन १२, २०७८ मंगलबार १६:३,

टोक्यो ओलम्पिकमा सुडानका एक जुडो खेलाडीले इजरायलको खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरेका छन्।

मोहम्मद अब्दुलरसुलले इजरायलका तोहार बत्बलसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो तर उनले खेल्न अस्वीकार गरेको र ओलम्पिक नै त्यागेको बीबीसीले जनाएको छ।

अब्दुलरसुलले यसअघि पहिलो चरणमा अल्जेरियाका खेलाडी फेतही नुरिनसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो तर फेतहीले इजरायलका तोहारसँग अर्को चरणमा खेल हुने भएको भन्दै अब्दुलरसुलसँग नखेली खेलबाट आफ्नो नाम हटाएका थिए। 

उनीहरुले अल्जेरियाका मुसलमानमाथि इजरायलले गरेको दमनका कारण खेल्न नमानेको जनाएका छन्। खेलभन्दा ठूलो प्यालेस्टाइनको मुद्दा भएको अल्जेरिया र सुडानका संचारमाध्यमले जनाएका छन्।

हाल अफ्रिकी विजेता अब्दुलरसुललाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पनि प्रतिबन्ध लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .