प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाका एक दोषीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको साविक कुरुम्बा गाविस–६ परिवर्तित मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौंको गोंगबु बस्ने ४२ वर्षीय चिरायु खालिङ छन्।
खालिङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी गत २०७७ फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।
महालक्ष्मीस्थानबाट पक्राउ परेका खालिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ।
795
Shares

प्रतिक्रिया