समाज


कुवेत हुँदै अफगानिस्तानबाट ११८ नेपाली र ९ भारतीय काठमाडौं आइपुगे

कुवेत हुँदै अफगानिस्तानबाट ११८ नेपाली र ९ भारतीय काठमाडौं आइपुगे

नेपालखबर
भदौ १, २०७८ मंगलबार ११:५४, काठमाडौँ

अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगेका छन्। 

अमेरिकी सेनाले अफगानिस्तानबाट कुवेत लगेका नेपाली र केही भारतीयलाई स्वदेश फर्काइदिएको हो। उनीहरु जजिरा एयरलाइन्सबाट काठमाडौं आएका हुन्। 

भारतीय नागरिकलाई भने नेपाल हुँदै दिल्ली पठाइनेछ। 

कुवेतबाट काठमाडौंसम्म आउने व्यवस्था पनि अमेरिकी सेनाले नै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनीहरुलाई नेपाली सेनाले सामाखुसीमा बनाएको क्वारेन्टिनमा लगिएको छ। अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारेन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ। 

उनीहरुलाई घरसम्म पठाउने व्यवस्थान पनि सरकारले नै गर्ने भएको छ।\

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad