ट्राफिक प्रहरीले चर्को आवाजमा मोटरसाइकल हुँइक्याउनेहरुलाई अधिकतम दण्ड जरिवाना गर्ने चेतावनी दिएको छ।
ट्राफिक प्रहरी महाशाखाले आइतबार एक सूचना प्रकासित गरी मोटरसाइकलहरू ध्वनी प्रदुषण हुने गरि शहरमा कोलाहल मच्चाउँदै ठूला आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने र ‘जिगज्याग’ रूपमा चलाउने कार्यहरू कानुन विपरित भएको स्मरण गराएको छ। ध्वनी प्रदुषण गर्ने माेटरसकाइकललाई माेटर माेडिफाइ अन्तर्गत तीन हजार रुपैयाँ जरिवाना गर्ने जनाएकाे छ।
‘यदि गरेको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिवाना गरिने’ सूचनामा उल्लेख छ।

प्रतिक्रिया