ad ad

समाज


संखुवासभामा ६ जनाको वीभत्स हत्या : तस्विरमा घटनास्थल

संखुवासभामा ६ जनाको वीभत्स हत्या : तस्विरमा घटनास्थल

नेपालखबर
भदौ २१, २०७८ सोमबार १५:२९, काठमाडौँ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी जुटेको छ। स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ज्यान लिइएको यो घटनामा ९० वर्षीय वृद्ध मात्रै जीवित छन्।

आइतबार राति परिवारका सबै सदस्यको हत्या भए पनि उनले केही थाहा नपाएको बताएका छन्। 

जीवित भेटिएका बौद्धमान राम्रोसँग कान सुन्दैनन् भने आँखा पनि देख्दैनन्। 

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ। रञ्जनाका श्रीमान विदेशमा रहेको वडाअध्यक्ष कटुवालले जानकारी दिए।

वडाध्यक्ष कटुवालका अनुसार बौद्धमान साँझैमा खाना खाएर सुतेका थिए। बिहान छिमेकीले भनेपछि मात्रै उनले घटनाबारे जानकारी पाएको बताएका छन्। 

लासको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ। एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुई वटा शव बारीको कान्लामा र बाँकी दुई वटा शव खोल्सामा भेटिएका छन्।

अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीसहितका टोली पनि घटनास्थलमा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .