ad ad

समाज


संखुवासभा परिवार हत्याका अभियुक्त सार्वजनिक

संखुवासभा परिवार हत्याका अभियुक्त सार्वजनिक

नेपालखबर
भदौ २७, २०७८ आइतबार १२:४२, काठमाडौँ

संवासभाको मादी नगरपालिका १ खाचेलागाउँमा भएको एकै परिवारका ६ जनाको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। 

आइतबार चैनपुरमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो। 

५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन्द्र कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वता कार्कीको हत्या भएको थियो। 

उनीहरुको हत्यामा छिमेकी तथा तेजबहादुरका भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीको संलग्नता रहेको प्रदेश नंम्बर १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले जानकारी दिए। 

गत सोमबार बिहान ६ देखि साढे ६ बजेको बिचमा हत्या भएको प्रहरीले जानकारी दिएको छ। 

लोकबहादुरले आवेशमा चिर्पट दाउराको प्रहारबाट परिवारको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .