समाज


सप्तरीमा मध्यराति पिकअप र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

सप्तरीमा मध्यराति पिकअप र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

शैलेन्द्र महतो
असोज ५, २०७८ मंगलबार ९:५१, काठमाडौँ

सप्तरीमा पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक पर्साको जिराभवानी गाउँपालिका–३ का ३७ वर्षीय शिवशक्ती चौधरीको मृत्यु भएको हो। 

सोमबार मध्यराति पूवपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका ६  विरपुरमा पूर्वबाट आउँदै गरेको बा १४ च ६२७९ नम्बको हात्ती पिकअप र विपरीत दिशा तर्फबाट जाँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किका हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक चौधरीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .