समाज


लक्ष्मी विद्यापदकबाट विद्यार्थी सम्मानित

लक्ष्मी विद्यापदकबाट विद्यार्थी सम्मानित

नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थीहरु सम्मानित भएका छन्।

पोउवा संघको ६७ औं साधारण सभाको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर (एमबीएस) मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक (बीबीएस) तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक (बीबीए) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालयअन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्टकी विनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मानित गरे।

अनिलले ५९.५० प्रतिशत, ममताले ७१.८० प्रतिशत र विनुले ३.९९ सीजीपीए ल्याउँदै पदक प्राप्त गरेका हुन्। अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५/१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।

लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ।

असोज २०, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .