ad ad

समाज


अछाममा जन्ती बोकेको जिप सडकबाट खस्यो, ४ जनाको मृत्यु, १४ घाइते

अछाममा जन्ती बोकेको जिप सडकबाट खस्यो, ४ जनाको मृत्यु, १४ घाइते

घाइतेकाे उपचार गरिँदै।


गोकुल जोशी
असोज २५, २०७८ सोमबार ७:६, महेन्द्रनगर

अछामको पञ्चदेवल विनायक नगरपालिका–१, नादीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्।  

आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ आउँदैै गरेको से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका एसपी वामदेव गौतमले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्ब बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको हो। 

तीमध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको एसपी गौतमले बताए।

प्रहरीका अनुसार बिहेको भोज खाएका जन्तीलाई घर छाड्न जाँदै गरेकाे जिप कच्ची सडकमा ब्याक गर्ने क्रममा सडकबाट खसेको हो।

घाइते १४ जनामध्ये गम्भीर अवस्थाका २ जनालाई नेपालगन्ज रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार अछाम सदरमुकाम मंगलसेनमा भइरहेको छ।

दुर्घटनास्थल सदरमुकाम मंगलसेनदेखि ५० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .