ad ad

समाज


मोतिपुर झडप : मारिने तीनजना गैरसुकुम्बासी, एकजनाको सनाखत भएन

मोतिपुर झडप : मारिने तीनजना गैरसुकुम्बासी, एकजनाको सनाखत भएन

नेपालखबर
असोज २५, २०७८ सोमबार १७:५५, काठमाडौँ

रुपन्देहीको बुटवलस्थित औधोगिक क्षेत्रमा मारिएका तीनै जना सुकुम्बासी नभएको खुलेको छ। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सुरक्षाकर्मीको गोली लागि मारिने चार मध्ये तीन जनाको सनाखत भएको छ।

ज्यान गुमाउने सुहजन गाउँपालिकाका-३८ वर्षीय वीरेन्द्र प्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र वाँणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ। 

अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले जानकारी दिए। उनीहरुको शव भीम अस्पतालमा राखिएको छ। 

आइतबार औधोगिक क्षत्रमा रहेका सुकुम्बासीका टहरा भत्काउन थालेपछि झडप भएको थियो। 

त्यसक्रममा सुरक्षाकर्मीले गोली चलाउँदा चार सर्वसाधारणको मृत्यु भएको थियो। केही घाइते भएका थिए। यस्तै सर्वसाधारणको आक्रमणबाट ३३ सुरक्षाकर्मी घाइते भएका छन्। 

प्रशासनले निषेधाज्ञा जारी गरेर सुकुम्बासीलाई हटाउन सुरु गरे पनि त्यसको विरोध भएको थियो। विरोधमा उत्रिएकामध्ये ठूलो संख्यामा बाहिरका मानिस पनि सहभागी भएको प्रशासनले जनाएको छ।

सबै घाइतेको लुम्बीनी प्रादेशिक अस्पताल र भैरहवामा उपचार भइरहेको छ। प्रशासनले अर्को सूचना नभएसम्म हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .