सरकारले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ।
आइतबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने त्यहाँ प्रमुख जिल्ला अधिकारी रहेका खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय (सिंहदरबार) ल्याइएको छ।
यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय (कपिलवस्तु) का नेत्रप्रसाद शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
यसैगरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी रहेका श्रीनाथ पौडेललाई रोल्पा सरुवा गरिएको छ भने गृह मन्त्रालयकाका उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको सीडीओ बनाइएको छ।
यस्तै कारागार व्यवस्थापन विभाग कालिकास्थानका निर्देशक वेधनिधि अधिकारीलाई डोल्पा पठाइएको छ।
हेर्नुहाेस् सूची-
Shares
प्रतिक्रिया