ad ad

समाज


नेपाल एयरलाइन्सले धनगढीबाट बझाङ र डोटीमा उडान गर्ने

नेपाल एयरलाइन्सले धनगढीबाट बझाङ र डोटीमा उडान गर्ने

फाइल फोटो


रासस
कात्तिक ६, २०७८ शनिबार २१:५०, काठमाडौँ

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ। 

धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्न आइतबार परीक्षण उडान हुने भएको हो। 

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। 

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए।

धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ ।

धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ। 

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ। 

हवाई भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ। 

एउटा एयरलाइन्सले मात्रै उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।     

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जसहिमा पढ्ने विद्यार्थी तथा कर्मचारी कर्मथलो फर्कन सकेका छैनन्। 

धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्म जङ्गबहादुर सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .