ad ad

समाज


चन्द्रागिरीमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

चन्द्रागिरीमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १५:३२, काठमाडौँ

चन्द्रागिरी नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। 

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरी नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।

अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।

उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ। सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ। 

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .