आफ्नै सहकर्मीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले पोखराको महेन्द्रपुलमा रहेको एक बेकरी पसलमा काम गर्ने २२ वर्षीय राजकुमार चौधरीलाई सहकर्मीमाथि बलात्कारको प्रयास गरेको उजुरीको आधारमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार सोेही सोही बेकरीमा काम गर्ने १९ वर्षीया एक युवतीमाथि जवर्जस्तीको प्रयास गरेको उजुरीपछि चौधरी पक्राउ परेका हुन्।
हिरासतमा रहेका उनीमाथि अनुसन्धान भइरहेको डिएसपी केसीले जनाए।

प्रतिक्रिया